शुक्रबार, भदौ ५, २०८३

विधान संशोधनका लागि एमाले संस्थापन पक्षले थाल्यो छलफल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विधान संशोधनका लागि आन्तरिक तयारी अघि बढाएको छ। संस्थापन पक्षले भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।
 |  शुक्रबार, साउन २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विधान संशोधनका लागि आन्तरिक तयारी अघि बढाएको छ। संस्थापन पक्षले भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। 

त्यसैको तयारीस्वरुप आज शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटीका केही नेताहरूसँग छलफल गर्न लागेको पार्टी कार्यालय सचिव केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए। ‘पर्सि आइतबार पार्टीको केन्द्रीय कमिटीको बैठक बस्दै छ। त्यही बैठकमा आजको छलफलबाट आएको प्रस्ताव पेश गर्ने कार्यक्रम छ,’ उनले भने,‘विधान महाधिवेशन गर्न गठित समितिमा रहेका नेताहरू र अन्य नेताहरू आजको छलफलमा सहभागी हुनुहुनेछ।’

२०७१ सालको नवौं महाधिवेशनबाट पारित विधान संशोधनका लागि आजको छलफलले प्रस्ताव तयार पार्ने छ। पार्टीमा आन्तरिक विवाद कायमै रहेका बेला संस्थापन पक्षले एकलौटी रूपमा पार्टीका गतिविधि अगाडि बढाएको छ। संस्थापन पक्षीय नेताहरू एकताको प्रक्रिया पनि जारी रहने र गतिविधि पनि अघि बढ्ने बताउँदै आएका छन।

प्रकाशित: Aug 06, 2021| 11:29 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...