आइतबार, फागुन १७, २०८२

कालीकोट अस्पतालको आम्दानी बढ्यो

जिल्ला अस्पताल कालीकोटको वार्षिक आम्दानी ४४ लाख ५७ हजार रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०७७-७८ मा अस्पताल विकास समितिको खातामा विभिन्न स्रोतबाट सो आम्दानी प्राप्त भएको हो।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

कालिकोट- जिल्ला अस्पताल कालीकोटको वार्षिक आम्दानी ४४ लाख ५७ हजार रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०७७-७८ मा अस्पताल विकास समितिको खातामा विभिन्न स्रोतबाट सो आम्दानी प्राप्त भएको हो। 

विद्युतीय विलिङ प्रणाली सुरु गरेको र विकास समितिको खाताबाट चुहावट हुन रोकिएकाले अस्पतालको आन्तरिक स्रोतमा वृद्धि भएको स्वास्थ्यसेवा कार्यालय कालीकोटका लेखा अधिकृत मुनबहादुर रावतले जानकारी दिए। आर्थिक वर्ष २०७६-७७ मा अस्पतालको आन्तरिक आम्दानी रु नौ लाख दुई हजार थियो।

'अस्पताल विकास समितिले सञ्चालन गरेको औषधि पसल, बिरामीबाट लिने सामान्य सेवा र केही भेन्टिलेटर खरिद गर्दा बचेको स्रोतलाई जम्मा गर्दा आन्तरिक स्रोत बढेको हो,' उनले भने, 'चालू आर्थिक वर्षमा थप वृद्धि हुने लक्ष्य राखेका छौं।'

यसभन्दा अघि अस्पतालको आन्तरिक स्रोत हुने आयलाई ऋण सापटी लिने दिने, औषधि खरिद गर्दा खासै चासो नदिने, बिलिङ गतिलो नभएका कारणले विगतमा अस्पतालको आन्तरिक स्रोत नभएको र अहिले विद्युतीय प्रणाली लागू गर्दा सबै क्षेत्रमा सुधार भएको जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले बताए।

अधिकृत महतले कालीकोटको स्वास्थ अवस्था र समुदायमा स्वास्थसम्बन्धी चेतना अभिवृद्धि गर्ने कार्यालयको लक्ष्य रहेको बताए।

kumari

प्रकाशित: Jan 27, 2022| 23:30 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।