काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने भएको छ। पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै शुक्रबार दिउँसो ३ बजे बैठक बस्ने जानकारी गराएका हुन्।
बैठक भर्चुअल हुने र भर्चुअल बैठकका लागि लिंक केन्द्रीय सदस्यहरुलाई एसएमएसबाट पठाइने जनाइएको छ।
कोरोना महामारीका कारण बस्न नसकेको कांग्रेस बैठक शुक्रबार भर्चुअल माध्यमबाट हुन लागेको हो। बैठकमा स्थानीय निर्वाचन, पार्टीको कार्यसम्पादन समितिलगायतका विषयमा छलफल हुने जनाइएको छ।
कांग्रेसमा शेखर समूहल यसअघि सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गर्न लागेको भन्दै आपत्ति जनाएका थिए। उनले आगामी निर्वाचनमा गठबन्धनसँगको सहकार्य भत्काउनुपर्ने निष्कर्ष पनि शेखर समूहले निकालेको थियो।