बुधबार, भदौ ३, २०८३

राष्ट्रियसभाको बैठक माघ १७ गते

संघीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा आज जारी सूचनामा राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने उल्लेख छ।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

काठमाडौं- राष्ट्रियसभाको बैठक यही माघ १७ गते  सोमबार अपहन्न १ बजे बस्ने भएको छ।

संघीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा आज जारी सूचनामा राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने उल्लेख छ।

उक्त बैठक यही माघ २ गते आइतबारको सूचनामार्फत् अर्को सूचनाद्वारा नतोकिएसम्मका लागि स्थगित भएको थियो।

आज प्रकाशित सो सूचनामा भनिएको छ, 'राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०७८ साल माघ १७ गते सोमवार दिनको १:०० बजे बैठक बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।'


प्रकाशित: Jan 27, 2022| 18:20 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...