बुधबार, असार ३१, २०८३

रुकुममा जिप दुर्घटना, पाँचको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुकुम- अपडेटः रुकुमको छानापानीमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । 

दुर्घटनामा चार जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा जिल्ला स्वास्थ्य कार्यालय रुकुमकोटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्व रुकुममा डिएसपी प्रविनलाल श्रेष्ठले नेपाल समयलाई जानकारी दिए । 

घाइते ६ जनाको जिल्ला स्वास्थ्य कार्यालयमा उपचार भइरहेको छ ।  ११ जना सवार लु१ज २५७१ नम्बरको जिप छानापानीमा दुर्घटनामा परेको हो । 
दुर्घटनामा ज्यान गुमाएका तथा घाइते भएकाको परिचय खुल्न बाँकी छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।