शनिबार, मंसिर १३, २०८२

मनाङमा जनसंख्याभन्दा बढी मतदाता

विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसंख्या पाँच हजार ६४५ छ। अहिले सार्वजनिक भएको तथ्यांक विसं २०७४ को मतदाताको संख्याभन्दा कम देखिएको हो।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

मनाङ- केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसंख्या सबैभन्दा कम छ। विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसंख्या पाँच हजार ६४५ छ। अहिले सार्वजनिक भएको  तथ्यांक विसं २०७४ को मतदाताको संख्याभन्दा कम  देखिएको हो। 

National life

विसं २०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसंख्या थियो भने विसं २०७४कोभन्दा अहिलेको सङ्ख्या २५५ ले घटेको देखिएको छ। उक्त  तथ्यांकअनुसार जिल्लाको जनसंख्याभन्दा मतदाता सङ्ख्या भने बढी देखिएको छ। विसं २०७७ चैतसम्म १८ वर्ष पूरा भएका मतदाता सङ्ख्या ६ हजार ३०९ रहेको थियो भने चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ६ हजार ६१२ मतदाता थपिएका छन्। 

अहिले सार्वजनिक भएको जनसंख्याभन्दा ९६७ सङ्ख्याले मतदाता बढी रहेको देखिएको छ। मतदाता सङ्ख्याभन्दा जनसंख्या कम भएपछि गणक, पर्यवेक्षक तथा निर्वाचन आयोगले संकलन गरेकामध्ये कुन चाहीँ तथ्यांक सही भनेर पहिचान गर्न मुस्किल भएको छ। जनगणना अनुसार नार्पाभूमि गाउँपालिकामा ४४२ अर्थात  सबैभन्दा कम जनसंख्या रहेको छ। 

प्रारम्भिक जनगणना पहिलो चरणमा  गत भदौ ३० देखि असोज १८सम्म  र दोस्रो चरणमा गत कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो।

प्रकाशित: Jan 27, 2022| 17:31 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।