काठमाडौं– गायक उदितनारायण झाको स्वरमा ‘स्वतन्त्र मन’ बोलको गीत सार्वजनिक भएको छ। प्रकाश पौडेलको शब्द रचना तथा राज सागरको संगीत रहेको गीतमा राजन इशानको एरेन्ज रहेको छ।
गीतको म्युजिक भिडियोमा आर्यन सिग्देल र वर्षा राउतको अभिनय रहेको छ। डिआरपिपि युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको छ।