आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीको गाडीमाथि अज्ञात समूहद्वारा ढुंगा प्रहार

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीको गाडीमाथि अज्ञात समूहद्वारा ढुंगा प्रहार

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ। चिकित्सा शिक्षा आयोगले एक विज्ञप्ति जारी गर्दै गिरीमाथि भएको आक्रमण भएको पुष्टि गरेको हो।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

काठमाडौं- चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ। चिकित्सा शिक्षा आयोगले एक विज्ञप्ति जारी गर्दै गिरीमाथि भएको आक्रमण भएको पुष्टि गरेको हो।

बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरिनुका साथै भौतिक आक्रमणको प्रयास गरिएको आयोगले जनाएको छ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा नियमावलीको प्रवाधानभित्र रहेर निष्पक्ष र निष्ठापूर्वक उच्च मनोबलका साथ सेवा प्रवाह गरिरहेको अवस्थाा भएको यस प्रकारको जघन्य घटनाको आयोग घोर भर्त्सना गर्दछ।' 

गिरीले आफू निवासबाट कार्यलयतर्फ जाँदैगर्दा सो आक्रमण भएको र प्रहरीमा उजुरीसमेत दिइसकेको बताएका छन्। ढुंगा प्रहारबाट गाडीको पछाडिको सिसा फुट्नुका साथै क्षति भएको आयोगले जनाएको छ। 

गिरीमाथि भएको यो घटना अमानवीय र अनैतिक भएको भन्दै सो कार्यमा संलग्‍न समूहको पहिचान गरी कडाभन्दा कडा काबाही गर्न आयोगले माग गरेको छ।


प्रकाशित: Jan 27, 2022| 16:54 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।