बुधबार, भदौ ३, २०८३

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार राष्ट्रपति कार्यालय शितल निवास पुगेका हुन्।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार राष्ट्रपति कार्यालय शितल निवास पुगेका हुन्।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच एक घण्टा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आर्चायले जानकारी दिए। उनले भने, 'उहाँहरुबीच करिब एक घण्टा छलफल भएको छ। प्रधानमन्त्रीज्यूले राष्ट्रपतिज्यूसमक्ष सरकारका नियमित कामकारबाही बारे जानकारी गराउनु भएको हो।'

सरकारले स्थानीय तहको ऐन सशोधनको तयारी गरिरहेको छ भने अमेरिकी अनुदान सहायता एमसीसी परियोजना संसद्‌मा प्रस्तुत गर्ने तयारी गरिरहेको छ। तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने भदौ अन्तिम सातादेखि लगातार संसद् अवरोध गर्दै आएको छ।

यसअघि पुस २२ गते पनि प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए। 


प्रकाशित: Jan 27, 2022| 16:44 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...