आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै कांग्रेस नेता कर्णले दिए उजुरी

मन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै कांग्रेस नेता कर्णले दिए उजुरी

मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै कांग्रेस नेता कर्णले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएका हुन्।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

जनकपुर– विवादास्पद अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई पदबाट बर्खास्त गर्न माग गर्दै नेपाली कांग्रेसका नेता रञ्जित कर्णले प्रहरीमा उजुरी दिएका छन्। मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै कांग्रेस नेता कर्णले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएका हुन्।

मन्त्री यादवले गौरमा गत माघ ५ मा साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको जाहेरीमा उल्लेख छ। ‘बलिदानी दिवस’ का अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतमाथि ज्यान मार्ने धम्की दिएकी थिइन्। उक्त अभिव्यक्तिको भिडियो क्लिप पनि कर्णले जाहेरीसँगै पेस गरेका छन्।

‘म जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिन गएको थिएँ। प्रहरीले घटना रौतहटको रहेकाले यहाँ दर्ता नहुने भनेपछि  हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी पठाएको छु।’

कांग्रेसका नेता कर्णले हुलाकर्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी पठाएका हुन्। उनले जिल्ला प्रहरी सप्तरीमा जाहेरी दिन खोज्दा लिन नमानेपछि हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी पठाएको बताए। उनले भने, ‘म जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिन गएको थिएँ। प्रहरीले घटना रौतहटको रहेकाले यहाँ दर्ता नहुने भनेपछि  हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी पठाएको छु।’

कर्णले मन्त्रीको अभिव्यक्तिले साम्प्रदायिक द्वन्द्व उत्पन्न भई जसले जातीय, धार्मिक, क्षेत्रीय साम्प्रदायिक दंगा फैलिन सक्ने समुदायबीच राष्ट्रिय एकतामा समेत असर पर्ने भएकाले मन्त्रीको अभिव्यक्ति मुलुकी अपराध संहिता २०७४ को दफा ४९(४) विरुद्ध रहेकोले ऐ संहिताको दफा ५(ग) बमोजिम हदैसम्मको कैद र जरीवाना समेत गरी पाउँ भनि जाहेरी दिएका हुन्। 

मन्त्रीको उक्त अभिव्यक्तिको विपक्षी दल र मानवअधिकारकर्मीहरूले कडा विरोध गर्दै उनलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराइरहेका छन्। तर मन्त्री प्रधानमन्त्री देउवाले यसबारे केही बोलेका छैनन्। मन्त्री यादवले भने आफ्नो उक्त अभिव्यक्तिलाई सामान्य रूपमा लिइदिन आग्रह गर्दै आएकी छन्।

‘म डाक्टर साहेबलाई यतैबाट भन्छु कोही एक बिरामी मरिहाल्छन्। र तपाईंलाई घेराबन्दी पारेर मारिदिन्छन्। त्यसैले सतर्क भइहाल्नुस्। यो कलेजोमा ताकत छ, यो धर्तीको भैंसी र गाईको दूध खाएको छ भने सिंहदरबार गएर घेर्नुस्। अमेरिकामा फास्टफुड खाएको होला, हरियो साग सब्जी खाएछौ होला। तर जसको नशामा दूधको खुन बनेको छ। ताकत छ। त्यसलाई कहिले केही हुन सक्दैन। याद राख्नुहोला ।’ 

नेता कर्णले मन्त्री यादवलाई पदमुक्त गर्न सप्तरीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्री यादवलाई पदमुक्त गर्दै कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन कर्णले अनुरोध गरेका हुन्। 

प्रकाशित: Jan 27, 2022| 16:23 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।