आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इतिहासमा आज : अन्तरीक्ष यान विस्फोट, जर्मनसँगको युद्धमा फ्रान्स पराजित

इतिहासमा आज : अन्तरीक्ष यान विस्फोट, जर्मनसँगको युद्धमा फ्रान्स पराजित

आज सन् २०२२ जनवरी २८। हामीले यहाँ विश्‍व इतिहासमा भएका महत्वपूर्ण घटनाहरुलाई समेट्‍ने गरेका छौं।
 |  शुक्रबार, माघ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १४, २०७८

काठमाडौं- आज सन् २०२२ जनवरी २८। हामीले यहाँ विश्‍व इतिहासमा भएका महत्वपूर्ण घटनाहरुलाई समेट्‍ने गरेका छौं। 

अन्तरीक्षयानको सटल च्यालेन्जर विस्फोट 

सन् १९८६ जनवरी २८ मा  अमेरिकी अन्तरीक्ष यानको सटल च्यालेन्जर विस्फोट भएको थियो। उक्त विस्फोटमा यानमा भएका सातै जनाको मृत्यु भएको थियो। फ्लोरिडाबाट प्रक्षेपण गरेको ७३ सेकेण्डमा उक्त यान विस्फोट भएको हो। विस्फोटमा यानमा सवार पहिलो अमेरिकी सर्वसाधारणको एक शिक्षकको पनि मृत्यु भएको थियो। 

अमेरिकी कोस्ट गार्डको स्थापना 

सन् १९१५ मा अमेरिकी कोस्ट गार्डको स्थापना गरिएको थियो। अमेरिकी कंग्रेसले सन् १९१५ जनवरी २८ मा कोस्ट गार्डसम्बन्धी विधेयक पारित गरेको थियो। अमेरिकी राजस्व कटर सेवा र अमेरिकी जीवन सुरक्षा सेवालाई गाभेर अमेरिकी कोस्ट गार्ड स्थापना गरिएको थियो। 

फ्रान्स पराजित 

फ्रान्को-जर्मन युद्धमा सन् १८७१ जनवरी २८ मा फ्रान्सले पराजय व्यहोरेको थियो। चार महिना लामो युद्धपछि फ्रान्सले पराजय स्वीकार गरेको हो। सन् १८७० जुलाई १९ मा उक्त युद्ध सुरु भएको थियो। 

रोमन सम्राट चार्लमाग्‍नेको निधन 

सन् ८१४ जनवरी २८ मा होलि रोमन सम्राट चार्लमाग्‍नेको निधन भएको थियो। जर्मनीको आचेन सहरमा उनको निधन भएको हो। 

प्रकाशित: Jan 28, 2022| 05:30 शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।