आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यातायात कार्यालय एकान्तकुनामा यातायातमन्त्रीको छड्के

यातायात कार्यालय एकान्तकुनामा यातायातमन्त्रीको छड्के

‘पहिलो कुरा त हामी विचौलियहरुलाई भित्र पस्न नदिनुहोस् भन्छौँ, तर त्यो पनि भएन भने पुलिस लगाएर भए पनि समाउँछौ र कारबाही गर्छौ। त्यसपछि कानुनी कारबाहीमा आएपछि त साइड लागिहाल्छ, मन्त्री दाहालले भने।’
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

काठमाडौं- वागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल ‘अनिस’ले विचौलियाहरुलाई भित्र प्रवेश नदिन निर्देशन दिएका छन्। यातायात व्यवस्था कार्यालय एकान्तकुनाको अनुगमन गर्दै मन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन्।

‘पहिलो कुरा त हामी विचौलियहरुलाई भित्र पस्न नदिनुहोस् भन्छौँ, तर त्यो पनि भएन भने पुलिस लगाएर भए पनि समाउँछौ र कारबाही गर्छौ। त्यसपछि कानुनी कारबाहीमा आएपछि त साइड लागिहाल्छ, मन्त्री दाहालले भने।’

कार्यालयहरुमा कहीकतै सेटिङ रहेको पाएमा निर्मम तरिकाले कन्ट्रोल गर्ने मन्त्री दाहालले बताए। उनले भने, ‘कार्यालयभित्र कहीकतै कर्मचारीहरुको सेटिङ छ भने हामी खोजी हाल्छौ, त्यसलाई छोडिदैन हामी निर्मम तरिकाले कन्ट्रोल गर्छौँ।’ यातायात मन्त्रालय वागमतीका सचिव अशोक शाहसहित मन्त्री दाहाल छड्के अनुगमनका लागि यातायात व्यवस्था कार्यालय पुगेका थिए।

छड्के अनुगमनका लागि यातायात व्यवस्था कार्यालय एकान्तकुना पुगेका वागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल।

सेवा ग्राहीको गुनासो आएपछि मन्त्री दाहालले छड्के अनुमगन गरेका हुन्। सचिव  शाहले अनलाईन प्रणालीको  विकास गरिनेने  बताए। ढड्डा प्रणलीले गर्दा आएको समस्याहरुको  छिट्टै समाधान गरिने  बताए। ‘अनलाईन प्रणली विकास गरि ढड्डा प्रणालीका कारण आएको समस्या समाधान गरिने छ, निति ऐन कानुन  बनाएर वागमती प्रदेशलई नमुना बनाउने गरि काम गरिने छ,’ सचिव शाहले भने। 

साथै उनले  मन्त्री दाहालको योजना अनुसार नै सबै कार्यालयहरुमा अनुगमन जारी राखी  विचौलियाहरुलाई रोक्ने  र घुसिया कर्मचारीलाई कारवाही गरिने बताए। सेवा ग्राहीको गुनासो आएपछि मन्त्री दाहालले छड्के अनुमगन गरेका हुन्।

प्रकाशित: Jan 27, 2022| 13:05 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।