शनिबार, चैत ११, २०७९

दिलीप कुमारको आँखामा हेर्दा संवाद बिर्सिन्थे अमिताभ बच्चन

दुवैमा चुनौती थियो र दुवैले आफ्नो अभिनयमा कुनै कसर छोडेनन्। बाबुछोराको सम्बन्धमा आधारित ‘शक्ति’ फिल्ममा स्मिता पाटिल र राखी गुल्जार पनि थिए। तर, सबैको ध्यान अमिताभ र दिलीप कुमारमै थियो।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

दिलीप कुमार र अमिताभ बच्चन भारतका सर्वश्रेष्ठ अभिनेतामा पर्छन्। सत्तरी र असीको दशकमा दुवैले बलिउड फिल्म उद्योगमा एकसेएक हिट फिल्म दिए। ‘ट्रयाजेडी किङ’ दिलीप कुमार र ‘एंग्री योङ मेन’ अमिताभले एकसाथ काम गरेका थिएनन्। किनकि दुवैले एकसाथ काम गर्न भनेजस्तो स्क्रिप्ट पाएका थिएनन्। यस्तैमा फिल्म लेखक सलीम–जावेदले लेखेको ‘शक्ति’ फिल्मको स्क्रिप्ट दुवै एकसाथ काम गर्न राजी भए। 

National life insurance

ब्लकबस्टर फिल्म ‘शोले’ का निर्देशक रमेश सिप्पीले नै शक्तिलाई निर्देशन गरे। यो समय अर्थात सन् १९८२ देखि नै दिलीप कुमार र अमिताभ बच्चन आ–आफ्नो ठाउँमा स्तरीय  अभिनेताका रुपमा प्रख्यात थिए। त्यसो हुँदा दर्शकमा हुटहुटी थियो– कसले उम्दा अभिनय गर्लान्?

दुवैमा चुनौती थियो र दुवैले आफ्नो अभिनयमा कुनै कसर छोडेनन्। बाबुछोराको सम्बन्धमा आधारित ‘शक्ति’ फिल्ममा स्मिता पाटिल र राखी गुल्जार पनि थिए। तर, सबैको ध्यान अमिताभ र दिलीप कुमारमै थियो। फिल्ममा अमिताभ आफ्नो बुबा (दिलीप कुमार)सँग रिसाएको एक दृष्य छ। ‘एंग्री योङ मेन’ छवि बनाएका अमिताभले बुबासँग आफ्नो अडान लिएका छन्। उता दिलीप कुमार यस्तो बाबुको भूमिका निर्वाह गरेका छन् जसले परिवारप्रतिको कर्तव्य पूरा गर्न पहाडजस्तै अटल छन्। उनी पनि आफ्नो सिद्धान्तमा अडिग छन्। 

फिल्ममा दुवैको ‘टकराव’ छ। यस्तो बेला अमिताभले दिलीप कुमारको आँखामा हेरेर संवाद बोल्नुथियो। निकै सजिलो सिन थियो त्यो, तैपनि अमिताभजस्तो सुपरस्टारलाई त्यो समय २० टेक दिनु परेको थियो। दिलीप कुमारको आँखामा हेर्नेबित्तिकै संवाद भुल्ने बताएका थिए अमिताभले। दिलीप कुमारको आँखामा त्यस्तो के जादू थियो जसले बिग बीलाई संवाद भुल्न बाध्य पार्थ्यो।

दुवैमा चुनौती थियो र दुवैले आफ्नो अभिनयमा कुनै कसर छोडेनन्। बाबुछोराको सम्बन्धमा आधारित ‘शक्ति’ फिल्ममा स्मिता पाटिल र राखी गुल्जार पनि थिए। तर, सबैको ध्यान अमिताभ र दिलीप कुमारमै थियो।

जब फिल्म रिलिज भयो, कसले बढी सानदार अभिनय गरेको छ भन्ने दर्शकमाझ बहस नै चल्यो। युवा दर्शकले अमिताभको अभिनय रुचाए भने बढी उमेरकाले दिलीप कुमारको। यो किस्सा ‘फिल्म फेयर अवार्ड’मा समेत चर्चामा रह्यो। किनकि फिल्मफेयर अवार्डका लागि अमिताभ र दिलीपलाई बेस्ट एक्टरमा नोमिनेसन गरिएको थियो। 

worldlink

अवार्ड घोषणा भएपछि थाहा भयो, ‘बेस्ट एक्टर’ दिलीप कुमारलाई दिइयो। दुवैलाई बेस्ट एक्टरको अवार्ड दिनुपर्ने माग कतिपयको थियो तर अमिताभ स्वयं दिलीप कुमारलाई बेस्ट एक्टर मान्थे। अमिताभले आफ्नो अभिनयमा समेत दिलीप कुमारको प्रभाव रहेको स्वीकारेका थिए।

–वेब दुनियाबाट

प्रकाशित: Jan 27, 2022| 01:25. 00 बिहीबार, माघ १३, २०७८

थप समाचार

तीन सातामा सात चलचित्र भिड्दै, कसले मार्ला बाजी?

दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदै छन्। वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प्रदर्शन तय गरेका...

प्रेमीदेखि पितासम्मको पात्रमा जमेका विपिन

‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेका चरित्रले पहिचान स्थापित भए तापनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन्।

तीन सातामै छक्कापञ्जा ४ ले कमायो १५ करोड

प्रदर्शनको तेस्रो सातासम्म आइपुग्दासमेत चलचित्र छक्कापञ्जा ४ को अकुपन्सी क्रमशः उकालो लाग्दै।

सिक्वेललाई ठाउँ छोडेको 'छक्का पञ्जा ४' : दीपकको पात्रमात्रै बलियो

राजनीतिक दल, कर्मचारी, सार्वजनिक संस्थामा देखिएको विकृतिलाई यस फिल्ममा देखाइएको छ।