मोरङ– बुबा ८० वर्षीय दलबहादुर खत्रीको कुटपिट गरी हत्या गरेको आरोपमा बेलबारी नगरपालिका–९ डाँगाबजार बस्ने ३५ वर्षीय जयबहादुर खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
मादक पदार्थ सेवन गरेका जयबहादुरले घरायसी विषयमा विवाद तथा झैझगडा हुँदा बुबालाई कुटपिट गर्दा मृत्यु भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी डाँगाबजार र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।