मंगलबार, कात्तिक ३, २०८३

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत दोस्रो साता

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौं संस्करण आगामी चैत १० देखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौं संस्करण आगामी चैत १० देखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ। महोत्सवमा प्राप्त ५५ देशका ४०० भन्दा बढी फिल्मबाट ३८ देशका ८९ फिल्म छनोट गरिएको निफले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ फिचर, एनिमेटेड, वृत्तचित्र, लघु फिल्म र राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत फिचर, वृत्तचित्र र लघु फिल्महरूको आवेदन परेको थियो। विश्वभरका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव नाराका साथ यो महोत्सव आयोजना हुने भएको हो।

फिल्म संस्कृति विकास गर्ने उद्देश्यसहित सुरु भएको महोत्सवमा यस वर्ष नेपाली प्रतिस्पर्धामा ५० हजार नगद पुरस्कारसहितको वेष्ट डकुमेन्ट्री अवार्ड पनि थप गरिएको महोत्सव अध्यक्ष केपी पाठकले बताएका छन्।

यससँगै नियमित रुपमा प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरूबाट इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिज डन किओते अवार्ड पनि प्रदान गरिनेछ।

यस्तै सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड फिल्मलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु फिल्मलाई ५ सय डलर राशिको बागमती अवार्ड प्रदान गरिनेछ।

नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख रुपैयाँ नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्मलाई नगद ५० हजार रुपैयाँ र ट्रफी, उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी तथा लघु फिल्ममध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ।

फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ। महोत्सव भौतिक उपस्थितिमा हुने वा भर्चुअल्ली हुनेबारे भने कोरोनाको संक्रमण अवस्थाअनुसार एक महिनाभित्र निर्णय गरिने आयोजकले जनाएको छ।

प्रकाशित: Jan 27, 2022| 11:30 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।