आइतबार, साउन ३१, २०८३

निसास्सिएर पतिपत्नीको मृत्यु

काठमाडौंको शंखरापुर नगरपालिकामा निसास्सिएर पतिपत्नीको मृत्यु भएको छ।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिकामा निसास्सिएर पतिपत्नीको मृत्यु भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार शंखरापुर नगरपालिका–३ मा बुधबार राति दम्पतीको मृत्यु भएको हो। 

मृत्यु हुनेमा ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमार थिङ छन्। दुवैको शव घरको कोठामा फेला परेको थियो। राति जाडो भएकाले हिटर बालेर सुतेकाले उनीहरूको निसास्सिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।

प्रकाशित: Jan 27, 2022| 11:08 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।