आइतबार, साउन ३१, २०८३

इलाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापाबाट इलाम जादै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आँफै अनियन्त्रित भई सडकदेखि करिब पाँच सय मिटर तल झरेको छ।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

काठमाडौं- आज बिहान इलाममा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ। झापाबाट इलाम जादै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आँफै अनियन्त्रित भई सडकदेखि करिब पाँच सय  मिटर तल झरेको छ। 

मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकअप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका–४ वस्ने वर्ष ५५ का रमेश थापा र सोही स्थान वस्ने वर्ष ४० का सुर्यबहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको हो। 

जिप चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइरालासमेत गम्भिर घाइते भएको बताइएको छ। उनलाई उपचारका लागि झापाको विएण्डसि अस्पताल लगिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 27, 2022| 10:55 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।