धनगढी- कैलालीको गोदावरी नगरपालिकामा एक जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ।
धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत गोदावरी नगरपालिका-५ घर भएका ६२ वर्षीय पुरुषको मृत्यु भएको हो।
यही माघ ११ गते कोरोना पुष्टि भएका उनको सेती अस्पतालको आइसीयूमा उपचार भैरहेको थियो। उनको आज बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।