आइतबार, साउन ३१, २०८३

बैतडीमा बस दुर्घटना हुँदा आठ जना घाइते

पाटन–पञ्चेश्वर सडकखण्डअन्र्तगत ना७ख २५७० नम्बरको बस मेलौली नगरपालिका-२ रौतगाउँमा आज बिहान ६ बजे दुर्घटनामा परेको हो।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

बैतडी- ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ। पाटन–पञ्चेश्वर सडकखण्डअन्र्तगत ना७ख २५७० नम्बरको बस मेलौली नगरपालिका-२ रौतगाउँमा आज बिहान ६ बजे दुर्घटनामा परेको हो। 

दुर्घटनामा परेर आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका निरीक्षक दर्शन खड्काले जानकारी दिए। घाइते हुनेमा मेलौली–६ का कमलापति भट्ट, मेलौलीकै मनिषा चन्द, दुर्गादत्त भट्ट, शिवनाथ गाउँपालिकाकी शुशिला चन्द, शिवनाथकै जनक औजी, रामसिंह साउँद, कञ्चनपुरको बेदकोट नगरपालिका दैजीकी पुजा भट्ट र बारा घर भएका सिराज अन्सारी रहेका छन्।  घाइतेलाई  उपचारका लागि डडेल्धुरा जिल्ला अस्पताल पठाइएको छ।  

महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको पवनदुत यातायातको उक्त बस सडकबाट २० मिटर तल खसेको छ। बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का विरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

प्रकाशित: Jan 27, 2022| 09:00 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।