काठमाडौं- हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिक बदली र तराईका भूभागमा हुस्सु कुहिरो लागि रहेको छ।
न्यून चापिए प्रणालीको सामान्य प्रभाव रहे पनि दैनिक मौसममा सुधार हुँदै आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शनिबारबाट मौसम पूर्ण सफा हुने महाशाखाले जनाएको छ।
आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।
यस्तै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ।
आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।