आइतबार, साउन ३१, २०८३

भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

काठमाडौं- नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार मधुवन नगरपालिका-६ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति १०:३० बजे मृत्यु भएको हो। भेरी अस्पतालमा १० माघमा पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पजिटिभ भएपछि सोही दिन भर्ना गरिएको थियो।

यस्तै, कालिकोट शुभकालिका-५ का १६ वर्षीय बालकको भेरी अस्पतालमा बुधबार बिहान ११:१५ बजे मृत्यु भएको छ। ४ माघमा पीसीआर परीक्षण गर्दा कोरोना पजिटिभ देखिएपछि भोलिपल्ट भेरी अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला कोभिड ब्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए।

प्रकाशित: Jan 27, 2022| 07:27 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।