काठमाडाैं- अर्जेन्टिनाका सुपर स्टार लियोन मेस्सी परिवारका साथ छुट्टी मनाउन निस्केका छन् । विश्वकप सकिएसँगै उनी भ्यालेन्सियाबाट झन्डै एक सय ५० किलोमिटर टाढा रहेको इबिथामा विदा मनाइरहेका छन् ।
उनको कप्तानीमा रहेको अर्जेन्टिनालाई यसपटकको विश्वकपको उपाधिको दाबेदारका रुपमा हेरिए पनि टोलीको प्रदर्शन सन्तोषजनक हुन सकेन । मुस्किलले अन्तिम १६ मा पुगेको अर्जेन्टिना फ्रान्ससँग ४–३ ले पराजित हुँदै बाहिरिएको थियो ।
फ्रान्सले क्रोएसियालाई हराउँदै दोस्रो पटक विश्व कपको उपाधि जितेको थियो । श्रीमती, बच्चाहरु र नजिकका साथीहरुसँग उनी छुट्टी मनाउन निस्केका हुन् ।
उनका प्रतिस्पर्धीका रुपमा हेरिएका क्रिस्टियानो रोनाल्डो खेल जीवनको नयाँ मोडमा उभिदा बार्सिलोनाका मेस्सी भने फेरि एकपटक स्पेनिस ला लिगामा जादु देखाउने प्रयासमा हुनेछन् । बार्सिलोनाको प्रतिस्पर्धी क्लब रियल म्याड्रिडको ९ वर्षे लामा यात्राको अन्त्य गर्दै रोनाल्डो १ सय १२ मिलयन युरोमा इटालियन क्लब युभेन्ट्समा आबद्ध भएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४