काठमाडौं- गोरखामा भूकम्पको धक्का महसुस गरिएको छ।
बुधबार दिउँसो गोरखाको मनकामना केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
दिउँसो ४ बजेर ५४ मिनेटमा भूकम्पले गएको थियो। भूकम्पको केन्द्रबिन्दु पृथ्वीको सतहभन्दा करिब १० किलोमिटर मुनि रहेको बताइएको छ।