आइतबार, साउन ३१, २०८३

औपचारिकतामा मात्रै सहिद सप्ताह

कोरोना प्रभावका कारण यस वर्षको सहिद सप्ताह कार्यक्रम औपचारिकरूपमा मात्र मनाइएको छ। महामारीको प्रभावले गर्दा यस वर्ष सहिद सप्ताहको दिन माघ १६ गते हुने प्रभातफेरी कार्यक्रम पनि नहुने कामपाले जनाएको छ।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

काठमाडौं- कोरोना प्रभावका कारण यस वर्षको सहिद सप्ताह कार्यक्रम औपचारिकरूपमा मात्र मनाइएको छ। महामारीको प्रभावले गर्दा यस वर्ष सहिद सप्ताहको दिन माघ १६ गते हुने प्रभातफेरी कार्यक्रम पनि नहुने कामपाले जनाएको छ।  

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार कोभिड–१९ महामारीको तेस्रो लहर नियन्त्रणका लागि यस वर्ष विगतका वर्षझैँ सहिद दिवस मनाउन पाइएन। 

विगतका वर्षमा माघ १६ गते सहिद दिवसको दिन बिहान ९ बजे रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरी कार्यक्रम आयोजना गरी लैनचौरको सहिद स्मारकमा पुगेर ज्ञातअज्ञात सहिदको सम्झनामा गर्ने गरिएको थियो। 

यस वर्ष प्रभातफेरी कार्यक्रम गरिने छैन। लैनचौरको सहिद स्मारकमा सङ्क्षिप्त स्मृति कार्यक्रम मात्र गरिनेछ जहाँ प्रधानमन्त्रीसहित केही उच्चपदस्थ अधिकारी मात्र उपस्थित रहने कार्यक्रम रहेको प्रमुख शाक्यले जानकारी दिए। 

सहिद सप्ताहको पहिलो दिन यही माघ १० गते सीमित व्यक्तिको सहभागितामा शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ। काठमाडौँको टेकु पचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गरेका हुन्। 

यस वर्षका सहिद सप्ताहका अन्य कार्यक्रम यही माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाको शालिकमा र १५ गते शोभा भगवतीमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा सीमित पदाधिकारी उपस्थित भएर शालिकमा पुष्पगुच्छा अर्पण गरी मनाउने कार्यक्रम रहेको छ।   

महानगरले प्रजातन्त्रप्राप्तिका लागि ज्यानदण्ड पाएका चार सहिदको पूर्णकदको शालिक उहाँहरुले सहादत प्राप्त गरेकै स्थानमा निर्माण गरिसकेको छ।   

प्रकाशित: Jan 26, 2022| 22:10 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।