पर्वत- पर्वतको जलजला गाउँपालिका–८ लस्ती पहिरोले पाँच घर बगाउदा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् ।
मंगलबार राति करिब १ बजे लस्तीको बरनेटामा घरमाथिबाट आएको पहिरोले घर पुरिँदा १६ वर्षीय विकास परियारको मृत्यु भएको हो । पहिरोमा पुरिएर वेपत्ता भएका उनको शव बुधबार विहान भेटिएको थियो ।
यस्तै लस्तीकै अर्को स्थानमा पहिरोले चार घर बगाएको र त्यसमा परी ६ जना बेपत्ता रहेकोमा पाँच जना सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरोको खतरामा रहेका सोही ठाउँका अन्य १६ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४