शुक्रबार, भदौ ५, २०८३

पौडेल समूहले बोलायो जिल्ला सभापतिहरुको भेला

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरुको भेला डाकेका छन्। भदौ २५ गतेलाई भेला डाकिएको एक जिल्ला सभापतिले जानकारी दिए।
 |  शुक्रबार, साउन २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०७८

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरुको भेला डाकेका छन्। भदौ २५ गतेलाई भेला डाकिएको एक जिल्ला सभापतिले जानकारी दिए। 

पार्टीको १४ औं महाधिवेशन अनिश्चित बनेपछि पौडेलले जिल्ला सभापतिको भेला डाकेका हुन्। भेला २५ गतेका लागि आयोजना गर्ने भनिएपछि स्थान भने टुंगो लागेको छैन। 

पौडेल समूहले महाधिवेशन हुन नसके भदौ २३ गतेबाट पार्टीको वैधानिकता समाप्त हुने भएकाले कुनै पनि हालतमा महाधिवेशन हुनुपर्ने बताउँदै आएको छ।

प्रकाशित: Aug 06, 2021| 11:22 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...