आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इतिहासमा आज : भियतनाम युद्धको अन्त्य, सोभियत सेनाले छोडे नाजी कन्सन्ट्रेसन क्याम्प

इतिहासमा आज : भियतनाम युद्धको अन्त्य, सोभियत सेनाले छोडे नाजी कन्सन्ट्रेसन क्याम्प

आज सन् २०२२ जनवरी २७। हामीले यहाँ विश्‍व इतिहासमा भएका महत्वपूर्ण घटनाहरुलाई समेट्‍ने गरेका छौं।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

काठमाडौं- आज सन् २०२२ जनवरी २७। हामीले यहाँ विश्‍व इतिहासमा भएका महत्वपूर्ण घटनाहरुलाई समेट्‍ने गरेका छौं। 

भियतनाम युद्ध अन्त्य 

पेरिस सम्झौता अनुसार भियतनाम युद्ध अन्त्य भएको घोषणा गरिएको थियो। अमेरिकाको सबैभन्दा लामो युद्ध सन् १९७३ जनवरी २७ मा अन्त्य गरिने घोषणा गरिएको थियो। दक्षिण भियतनामबाट अमेरिकी सेना फिर्ता गरेको थियो। 

यमनमा राष्ट्रपतिको राजीनामा माग गर्दै आन्दोलन सुरु 

यमनमा राष्ट्रपति अलि अब्दुल्लाह सालेहको राजीनामा माग गर्दै आन्दोलन सुरु गरेको थियो। सन् २०११ जनवरी २७ मा उक्त आन्दोलन सुरु गरिएको थियो। ट्युनिसिया र इजिप्टमा भएको आन्दोलनबाट प्रेरित भएर राष्ट्रपति सालेहको राजीनामा माग गर्दै हजारौं नागरिकहरु सडकमा उत्रिएका थिए।

एपोलो १ प्रक्षेपण

सन् १९६७ जनवरी २७ मा एपोलो १ प्रक्षेपण गरिएको थियो। अमेरिकी अन्तरीक्षयात्रीहरु भर्जिल १ ग्रिसोम, एडवार्ड एच ह्वाइट र रोजर बी चाफेसहितको टोलीले अन्तरीक्ष यात्रा सुरु गरेका थिए। 

सोभियत सेनाले छोडे नाजी कन्सन्ट्रेसन क्याम्प 

सोभियन युनियनको सेनाले सन् १९४५ मा नाजी कन्सनट्रेसन क्याम्प छोडेका थिए। पोल्याण्डको अउस्जविज्मा रहेको नाजी कन्सनट्रेसन क्याम्पबाट सोभियन युनियनको सेना बाहिरिएको थियो। 

बिजुलीको बल्बको प्याटेन्ट प्राप्त 

सन् १८८० जनवरी २७ मा अमेरिकी आविष्कारक थोमस एडिसनले बिजुलीको बल्बको प्याटेन्ट प्राप्त गरेका थिए। 



प्रकाशित: Jan 27, 2022| 05:30 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।