बुधबार, भदौ ३, २०८३

मधेश प्रदेश : महिलातर्फ गठबन्धनकी उर्मिला अर्याल विजयी

सत्ता गठबन्धनको महिला समूहबाट माओवादी केन्द्रकी उर्मिला अर्याल ६ हजार १ सय ५६ मत ल्याएर विजयी भएकी हुन्।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

जनकपुरधाम- मधेश प्रदेशमा राष्ट्रियसभाका लागि भएको निर्वाचनमा महिलातर्फ सत्ता गठबन्धनकी उर्मिला अर्याल विजयी भएकी छिन्।

सत्ता गठबन्धनको महिला समूहबाट माओवादी केन्द्रकी उर्मिला अर्याल ६ हजार १ सय ५६ मत ल्याएर विजयी भएकी हुन्।

एमाले–लोसपा गठबन्धनबाट महिला तर्फ उम्मेदवारी दिएकी लोसपाकी रुपाकुमारी यादवले २ हजार ७५४ मतभार मात्रै ल्याउन सकिन्। 

महिला समूहतर्फको मतदानमा प्रदेशतर्फ ३ र स्थानीय तहतर्फका १६ मतदाताको मत बदर भएको थियो। यस हिसाबले ४ सय ३२ मतभार बदर भएको हो।

प्रकाशित: Jan 26, 2022| 18:38 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...