बुधबार, भदौ ३, २०८३

प्रदेश १ : एमालेका शेर्पा विजयी

प्रदेश १ राष्ट्रियसभामा अल्पसंख्यकतर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन्। उनले प्रदेशसभाका ४२ जना र १५२ जना स्थानीय तहका जनप्रतिनिधिको मत पाएका हुन्।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

विराटनगर– प्रदेश १ राष्ट्रियसभामा अल्पसंख्यकतर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन्। उनले प्रदेशसभाका ४२ जना र १५२ जना स्थानीय तहका जनप्रतिनिधिको मत पाएका हुन्। 

चार हजार ७ सय ५२ मतभार उनले प्राप्त गर्दा गठबन्धनका हेमराज राईले ४९ प्रदेशसभातर्फ र स्थानीय तहका ११३ जनाको मत प्राप्त गरे। जसपाका राईको कूल मतभार ४ हजार ३८६ मत भएको छ। गठबन्धनतर्फ धेरै मत भए पनि जसपाका राईले कम मत पाउँदा एमाले उम्मेदवार शेर्पा विजयी बनेका हुन्।

त्यसैगरी अन्यतर्फ सत्ता गठबन्धनका उम्मेदवार र एमाले उम्मेदवारको बराबरी मत आएको थियो। गठबन्धनका गोपाल बस्‍नेत र एमालेका गुरु बरालको बराबरी मत आएको थियो। कांग्रेसका गोपाल बस्‍नेतले ४ हजार ४८८ मत पाउँदा एमालेका बरालले पनि त्यति नै मत पाएका हुन्। गोलाप्रथा भएपछि बस्‍नेत विजयी भएका हुन्। 

प्रकाशित: Jan 26, 2022| 18:15 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...