गोरखा- गोरखाको शहीद लखन थापा गाउँपालिका वडा नम्बर ६ अँधेरीमा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ ।
रातिदेखि परेको अविरल वर्षासँगै बुधबार बिहान खसेको पहिरोले उनीहरु बसेको कोठा पुरिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले जानकारी दिए ।
पहिरोले नवराज कुँवरको घर बगाउँदा उनकी १० वर्षीया भतिजी प्रबिना कुँवर, २० वर्षीया भान्जी सरु कुँवर र उनका नौ महिने छोराको मृत्यु भएको प्रहरीले जनाएको छ । नौ महिने छोरासहित सरु पाहुना आएकी थिइन् ।
लगातारको वर्षापछि गाउँका अन्य केही घर पनि जोखिममा रहेको स्थानीयवासीको भनाइ छ । पहिरो पछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४