बुधबार, भदौ ३, २०८३

लुम्बिनीबाट राष्ट्रियसभामा गठबन्धनका तीनै उम्मेदवार विजयी

विजयी हुनेमा नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका कुलप्रसाद विश्वकर्मा छन्।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

दाङ- राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ ५ दलीय गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्।

विजयी हुनेमा नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका कुलप्रसाद विश्वकर्मा छन्।

गठबन्धनका उम्मेदवारले ४ हजार ३ सय ७४ मतभार प्राप्त गरी विजयी भएका हुन्। निर्वाचनमा नेकपा एमालेका उम्मेदवारले भने २ हजार ३ सय १२ मत पाए।

सोमबार देशभरबाट १९ सदस्यका लागि राष्ट्रिय सभा निर्वाचन भएको थियो। राष्ट्रिय सभा निर्वाचनमा पालिकाका अध्यक्ष/उपाध्यक्ष/प्रमुख/उप्रमुख र प्रदेश सभा सदस्य मतदाता हुन्छन्। पालिकाका मतदाताको मतभार १८ हुन्छ भने प्रदेश सांसदको मतभार ४८ हुने व्यवस्था छ। 


प्रकाशित: Jan 26, 2022| 16:36 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...