बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हिन्दुराष्ट्र पुन:स्थापना लागि राप्रपाले थाल्यो अभियान

हिन्दुराष्ट्र पुन:स्थापना लागि राप्रपाले थाल्यो अभियान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दुराष्ट्र पुन:स्थापनाका लागि राष्ट्रिय अभियान सुरु गरेको छ । राप्रपाले देशव्यापी जनदबाब सिर्जना गर्न र जनमत बनाउन ‘हिन्दुराष्ट्र पुन:स्थापनाका लागि राष्ट्रिय जनजागरण अभियान’ शुरु गरेको हो । 

देशैभरका जनतामाझ अभियान पुर्याउने गरी काठमाडौंबाट बुधबारदेखि जागरण अभियान शुरु गरिएको राप्रपाका सह-प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । अभियानको बालसन्त जगद्गुरु मोहनशरण आचार्यसहित धार्मिक गुरूहरू, अभियन्ताहरूबाट शुभारम्भ भएको उनले जनाएका छन् । 
  
पार्टीको गत जेठमा सम्पन्न केन्द्रीय परिषद्को निर्णयअनुसार राप्रपाले राष्ट्रव्यापी जनजागरण अभियानको थालनी गरेको हो । हिन्दुराष्ट्र पुन:स्थापनाको एजेन्डालाई अब पार्टीले सशक्त रूपमा उठाउने सह-प्रवक्ता श्रेष्ठले बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।