काठमाडौं– राष्ट्रियसभामा रिक्त १९ सदस्यका लागि आज सातै प्रदेशमा मतदान सकिएको छ।
अन्य प्रदेशमा निर्वाचन शान्तिपूर्ण भए पनि मधेश प्रदेशमा भने केही तनावको स्थिति सिर्जना भयो। जनमत पार्टीको प्रदर्शनका कारण झडपसमेत भएको छ। जनमतका कार्यकर्ताले मतदाता चढेका सवारीसाधनमा तोडफोड गरेका छन्।
सबै प्रदेशमा मतदान सकिएर मतगणना पनि सुरु भइसकेको छ। मतपरिणाम आज नै सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ।
मधेश प्रदेशमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धन गरेका छन् भने सबै प्रदेशमा पाँच दलीय गठबन्धनले एमालेविरुद्ध मोर्चाबन्दी गरेका छन्। यस्तो अवस्थामा १९ सिटमै सत्ता गठबन्धनले जित्ने सम्भावना बलियो छ।
प्रदेश १
प्रदेश सांसदः ९२ जना
खसेको मतः ९१ जना (एमाले सांसद गुलेफुन खातुनले मत हालिनन्)
स्थानीय प्रतिनिधिः २७२ जना
खसेको मतः २७० (विराटनगर महानगर उपप्रमुख इन्दिरा कार्की बिरामी र झापाको गौरीगन्ज गाउँपालिका प्रमुख बाबुराजा श्रेष्ठ छोरीको बिहेमा व्यस्त भएकाले मत हालेनन्)
मधेश प्रदेश
प्रदेश सांसदः १०४ जना
खसेको मतः १०२
स्थानीय प्रतिनिधिः २६८ जना
खसेको मतः २६४
बागमती प्रदेश
प्रदेश सांसदः १०९ जना
खसेको मतः १०६ (विवेकशील साझा पार्टीका ३ सांसदले मत हालेनन्)
स्थानीय प्रतिनिधिः २३७ जना
खसेको मतः २३७
गण्डकी प्रदेश
प्रदेश सांसदः ५९ जना
खसेको मतः ५९
स्थानीय प्रतिनिधिः १७० जना
खसेको मतः १६८ (बेनी नगरपालिका उपमेयर सञ्जु बरूवाल र मुस्ताङको दामोदारकुण्ड गाउँपालिका उपाध्यक्ष लोप्साङ छोम्फेल विष्टले मत हालेनन्)
लुम्बिनी प्रदेश
प्रदेश सांसदः ८१ जना
खसेको मतः ८१
स्थानीय प्रतिनिधिः २१५ जना
खसेको मतः २१३
कर्णाली प्रदेश
प्रदेश सांसदः ३५ जना
खसेको मतः ३४ (राप्रपा सांसद सोशीला शाहीले केन्द्रको निर्णयअनुसार मत हालिनन्)
स्थानीय प्रतिनिधिः १५८ जना
खसेको मतः १५७ (तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपालीले मत हालिनन्)
सुदूरपश्चिम प्रदेश
प्रदेश सांसदः ५२ जना
खसेको मतः ५२
स्थानीय प्रतिनिधिः १७६ जना
खसेको मतः १७६