धनगढी- कैलालीको लम्किमा प्रेसर कुकरमा राखिएको शंकास्द वस्तु फेला परेको छ । टिकापुर रोडस्थित मेघाश्री नामको गुट्खा उत्पादन गर्ने कम्पनीको बाहिरपट्टि सडकमा शंकास्द वस्तु फेला परेको हो ।
स्थानीयले प्रेसर कुकर बम हुनसक्ने आशंका गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक हरीबहादुर वलीले उक्त शंकास्पद वस्तु डिस्पोज गर्नका लागि नेपाली सेनासंग समन्वय भइसकेकोले सेनाको बम डिस्पोजल टोलीले केहिबेरमा गएर डिस्पोज गर्ने जानकारी दिए । प्रहरीले उक्त क्षेत्रलाई सुरक्षाको घेरामा राखेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४