आइतबार, फागुन १७, २०८२

मधेश प्रदेशमा मतदान जारी, सांसद र मेयरको गाडीमा तोडफोड

राष्ट्रियसभा निर्वाचन अन्तर्गत मधेश प्रदेशमा ८० प्रतिशत भन्दा बढी मत खसेको छ।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

जनकपुरधाम– राष्ट्रियसभा निर्वाचन अन्तर्गत मधेश प्रदेशमा ८० प्रतिशत भन्दा बढी मत खसेको छ। कुल ३ सय ७२ मत रहेको यस प्रदेशमा १ बजेसम्ममा ३ सय मत खसेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए। 

प्रदेशसभातर्फ ८६ जना र स्थानीय तहतर्फ २ सय १४ वटा मत खसेको प्याकुरेलले बताए। मधेश प्रदेशमा राष्ट्रियसभाका दुई सदस्यको मतदान हुँदैछ। सत्ता गठबन्धन तथा नेकपा एमाले र लोसपाको गठबन्धन चुनावी मैदानमा छ। यता जनकपुरधाममा जनमतका कार्यकर्ता र प्रहरीबीचको ठाउँ ठाउँमा झडप जारी नै रहेको छ। जनमतका कार्यकर्ताहरुले करिब एक दर्जन गाडीमा तोडफोड गरेका छन् भने प्रहरीले केही कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएका छन्।

यसैबीच, जनमत पार्टीका कार्यकर्ताहरुले मधेस प्रदेशका सांसदहरुको गाडीमा पनि तोडफोड गरेका छन्। राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आएका प्रदेश सांसदको गाडीमा जानकी मन्दिर नजिक तोडफोड भएको हो। 

मतदान गर्न आउँदै गरेका जसपा मधेश प्रदेशका सांसद अशोक यादवको गाडीमा जनमतका कार्यकर्ताहरुले तोडफोड गरेका छन्। सांसद यादव सामान्य घाइते भएका छन् । १५–२० जनाको समूहमा जनमतका कार्यकर्ताहरुले उनको गाडीमा प्रहार गरेको बताए। गाडीको झ्याल र अगाडीको सिसा फुटेको छ । 

यसअघि रामचौकमा जनमतका कार्यकर्ताहरुले सर्लाहीको हरिओन नगरपालिकाका प्रमुख र उपप्रमुख सवार गाडीमा तोडफोड गरेका थिए। 

kumari

प्रकाशित: Jan 26, 2022| 13:21 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।