बुधबार, भदौ ३, २०८३

राजनीतिमा तरंग ल्याउँछौं : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको आज भइरहेको चुनावमा गठबन्धनले सबै सिट जितेर नेपाली राजनीतिमा तरंग ल्याउने दाबी गरेका छन्।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको आज भइरहेको चुनावमा गठबन्धनले सबै सिट जितेर नेपाली राजनीतिमा तरंग ल्याउने दाबी गरेका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा पार्टी प्रवेश गरेकाहरूलाई स्वागत गर्दै नेता नेपालले आफूहरूको जितले राजनीतिमा तरंग पैदा हुने ब ताएका हुन्। राष्ट्रियसभाको चुनावको परिणामले अन्य चुनावमा प्रभाव पार्ने उनले बताए।

'संविधानलाई सर्वोपरी राखेर कानुनअनुसार नै चुनाव हुनुपर्छ भन्नेमा हामी दृढ छौं। त्यसैले सबै चुनाव एकैपटक गर्नसक्दा राम्रो हुनेछ,' उनले भने।


उनले एउटा चुनाव गराउन पाँच अर्ब खर्च हुने भएकाले तीन वटै चुनाव एकैसँग गराउन सके ठूलो खर्च जोगिने बताए।

प्रकाशित: Jan 26, 2022| 13:55 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...