काठमाडौं– नेपालमा पछिल्लो जनगणना अनुसार जनसंख्या वृद्धिदर घटे पनि जनघनत्व भने बढेको छ।
केन्द्रीय तथ्यांक विभागका अनुसार यसपटक नेपालमा जनसंख्या वृद्धिदर ०.९३ रहेको छ। २०६८ सालको तथ्यांक अनुसार नेपालमा जनसंख्या वृद्धिदर १.३५ प्रतिशत थियो।
वृद्धिदर घटे पनि जनघनत्व भने बढेको छ। यस पटक जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर रहेको पाइएको छ। एक दशकअघि नेपालमा जनघनत्व १८१ जना प्रतिवर्गकिलोमिटर थियो।
विभागका अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको छ।