काठमाडौं– नेपालमा कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।
केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको प्रारम्भिक नतिजाका अनुसार देशभरि महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ।
यसलाई हेर्ने हो भने पुरुषभन्दा महिलाको संख्या ६ लाख ९ हजार ८५८ जनाले बढी छ। तर, विभागले अन्य लिंगीको तथ्यांक सार्वजनिक गरेको छैन। विभागले अन्य लिंगीको तथ्यांक सार्वजनिक गर्न आठदेखि नौ महिना लाग्ने जनाएको छ।
विभागका अनुसार यसपटक नेपालमा जनसंख्या वृद्धिदर ०.९३ रहेको छ। २०६८ सालको तथ्यांक अनुसार नेपालमा जनसंख्या वृद्धिदर १.४० प्रतिशत थियो। यसलाई हेर्दा नेपालमा जनसंख्या वृद्धिदर घट्दो क्रममा रहेको देखिएको छ।