काठमाडौं- नेकपा एमालेका पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोना संक्रमण भएको छ।
गौतमसँगै उनकी पत्नी तुलशा थापा गौतममा पनि संक्रमण पुष्टि भएको छ। उनका छोरा हरिसलाई पनि संक्रमण भएको छ।
हरिसले आफूहरू संक्रमित भएको बताएका छन्। ‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ। बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिसले सामाजिक सञ्जालमा लेखेका छन्।