शनिबार, मंसिर १३, २०८२

मनाङको नार्पाभूमि गाउँपालिकामा सबैभन्दा कम जनसंख्या

देशभरका स्थानीय तहमा सबैभन्दा कम जनसंख्या मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिकामा रहेको देखिएको छ।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

काठमाडौं– देशभरका स्थानीय तहमा सबैभन्दा कम जनसंख्या मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिकामा रहेको देखिएको छ। आज सार्वजनिक जनगणना २०७८ को नतिजाअनुसार नार्पाभूमि गाउँपालिकाको जनसंख्या ४ सय ४२ छ।

National life

कम जनसंख्या भएका अन्य गाउँपालिकामा मनाङकै डिस्याङ र नासो छन्। त्यस्तै, मुस्ताङको लोघेकर दामोदरकुण्ड पनि कम जनसंख्या भएको गाउँपालिकामा परेको छ।

सबैभन्दा बढी जनसंख्या भएको गाउँपालिका भने बाँकेको बैजनाथपुर रहेको छ। बैजनाथपुरमा ७० हजार ३ सय १५ जनसंख्या रहेको छ। बढी जनसंख्या हुने गाउँपालिकामा बैजनाथसहित बाँकेकै राप्तीसोनारी र खुजुरा पनि रहेका छन्। रुपन्देहीको मायादेवी र कपिलवस्तुको मायादेवी गाउँपालिका पनि बढी जनसंख्या रहेका गाउँपालिका हुन्।

१० हजारभन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या १० छ भने ५० हजारभन्दा बढी जनसंख्या रहेका गाउँपालिकाको संख्या १५ रहेको छ।

नेपालको कुल जनसंख्या जनसंख्या भने २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 26, 2022| 11:18 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।