बुधबार, भदौ ३, २०८३

राष्ट्रियसभा निर्वाचनमा विवेकशील साझाले मतदान नगर्ने

विवेकशील साझा पार्टीले राष्ट्रियसभा निर्वाचनमा मतदान नगर्ने जनाएको छ।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

काठमाडौं- विवेकशील साझा पार्टीले राष्ट्रियसभा निर्वाचनमा मतदान नगर्ने जनाएको छ। पार्टीको केन्द्रीय सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख प्रकाशचन्द्र परियारले वागमती प्रदेश संसदीय दलको बैठकले मतदानमा सहभागी नहुने निर्णय गरेको जानकारी दिएका छन्।

२०७८ माघ १२ गते सम्पन्न हुने राष्ट्रियसभाको निर्वाचनमा पार्टीको तर्फबाट उमेदवारी नरहेको उनले बताएका छन्। यसका साथै पार्टीले हाल वागमती प्रदेशबाट प्रतिस्पर्धामा रहेका उमेदवारहरूबाट राष्ट्रिय सभामा अपेक्षा गरेको भूमिका निर्वाह हुनेमा  आश्वस्त हुन नसकेको हुँदा हेटौंडामा हुने मतदान कार्यक्रममा दलले सहभागिता नजनाउने निर्णय विवेकशील साझाले जनाएको छ।

वागमति प्रदेशमा विवेकशील साझाका तीन सांसद छन्। राष्ट्रियसभाका १९ पदका लागि आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सातै प्रदेशमा मतदान हुने भएको छ।

प्रकाशित: Jan 26, 2022| 09:45 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...