आइतबार, साउन ३१, २०८३

दमक अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि झापाको दमकस्थित सरकारी अस्पतालको अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

झापा- अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि झापाको दमकस्थित सरकारी अस्पतालको अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ। 

दमक अस्पतालका सूचना अधिकारी देवी दङ्गालका अनुसार बुधबारदेखि शुक्रबारसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो।

अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यस क्षेत्रको स्वास्थ्य बिमाको प्रथमविन्दु दमक अस्पताल मानिन्छ।

यस अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामीले बिमामार्फत उपचार सेवा पाउँदै आएका मेडिकल सुपरिटेन्डेण्ट डा. खड्ग लिम्बूले जानकारी दिए।

प्रकाशित: Jan 26, 2022| 08:26 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।