बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • १९ सदस्यका लागि ४३ उम्मेदवार मैदानमा, एमालेविरूद्ध पाँच दलीय गठबन्धन

१९ सदस्यका लागि ४३ उम्मेदवार मैदानमा, एमालेविरूद्ध पाँच दलीय गठबन्धन

२० फागुनबाट राष्ट्रिय सभातर्फ रिक्त हुने १९ पदमा पदपूर्तिका लागि सातै प्रदेशमा बुधबार मतदान हुँदै छ। राष्ट्रिय सभा सदस्य १९ पदका लागि निर्वाचन हुन लागेको हो।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

काठमाडौं- २० फागुनबाट राष्ट्रिय सभातर्फ रिक्त हुने १९ पदमा पदपूर्तिका लागि सातै प्रदेशमा बुधबार मतदान हुँदै छ। राष्ट्रिय सभा सदस्य १९ पदका लागि निर्वाचन हुन लागेको हो।

निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। शान्ति–सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए। 

प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बाग्मतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी रिक्त हुने जम्मा १९ पदका लागि मतदान हुन लागेको आयोगले जनाएको छ। 

बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म मतदान हुने प्रवक्ता पौडेलले बताए। विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा मतदान हुनेछ। 

मतदान सकिएलगत्तै मतगणना गर्ने आयोगको तयारी छ। प्रवक्ता पौडेलले बुधबार नै मतपरिणाम आउने अपेक्षा गरिएको बताएका छन्। 

निर्वाचनको मौनअवधि सुरु भइसकेकाले प्रचारप्रसार रोकिएको छ भने निर्वाचनमा खटिने सुरक्षाकर्मी, निर्वाचन कर्मचारी र स्वास्थ्यकर्मीसहितको टोलीको व्यवस्थापन भइसकेको छ।

निर्वाचनका लागि प्रदेश सभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता छन्। निर्वाचनमा स्थानीय तहका एक हजार चार सय ९३ र प्रदेश सभाका पाँच सय ३२ मतदाता रहनेछन्। प्रदेश सभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ।

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल गठबन्धन नै बनाएर चुनावी मैदानमा छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धन कायम राख्दै एमालेको तर्फबाट रिक्त हुने सिटमा समेत भागबन्डा गरेका छन्। 

प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले भने सातै प्रदेशमा आफ्ना उम्मेदवार एक्लै अघि सारेको छ। सात सय ५३ वटै स्थानीय तह र सातै प्रदेश सभा सचिवालयबाट प्राप्त तथ्यांकअनुसार राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धन सबै प्रदेशमा अगाडि छ। मधेस प्रदेशमा भने एमाले र लोसपाबीच तालमेल भएको छ।

प्रकाशित: Jan 26, 2022| 07:00 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...