आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गैंडाको मृत्यु भएको सम्बन्धमा छानबिन गर्न कार्यदल गठन

गैंडाको मृत्यु भएको सम्बन्धमा छानबिन गर्न कार्यदल गठन

वन तथा वातावरण मन्त्रालयले यही माघ १० गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित पूर्वपश्चिम राजमार्गको वरण्डाभार वन खण्डमा सडक विस्तारका क्रममा खनिएको खाडलमा परी गैंडाको मृत्यु भएको घटनाको छानबिन गर्न कार्यदल गठन गरेको छ।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

काठमाडौं- वन तथा वातावरण मन्त्रालयले यही माघ १० गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित पूर्वपश्चिम राजमार्गको वरण्डाभार वन खण्डमा सडक विस्तारका क्रममा खनिएको खाडलमा परी गैंडाको मृत्यु भएको घटनाको छानबिन गर्न कार्यदल गठन गरेको छ।

मन्त्रालयले आज मन्त्रिस्तरीय निर्णयबाट वन तथा भूसंरक्षण विभागका महानिर्देशक राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो। 

कार्यदलको सदस्यमा मन्त्रालयका उपसचिव रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन संरक्षण विभागका योजना अधिकृत दिलबहादुर पुर्जा पुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र शर्मा र डिभिजनल वन कार्यालय चितवनका डिभिजनल अधिकृत पदमराज नेपाल रहेका छन्।

कार्यदललाई सो सम्बन्धमा १० दिनभित्र घटनाको छानबिन गरी यथार्थ विवरणसहितको प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ। कार्यदललाई स्थलगत छानबिन गरी घटनाको यथार्थ विवरण पेस गर्ने, गैंडाको मृत्यु हुने गरी भएको लापरबाहीमा को जिम्मेवार रहेको र कारबाही गर्नुपर्ने भए सोको यकिन रायसहित सुझाव पेस गर्ने कार्यविवरणसमेत दिइएको छ।

प्रकाशित: Jan 26, 2022| 06:32 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।