काठमाडौं– राष्ट्रियसभा सदस्य चयनका लागि भोलि बुधबार हुन लागेको निर्वाचनमा विवेकशील साझा पार्टीका मतदाता सहभागी नहुने भएका छन्। आज काठमाडौंमा बसेको विवेकशील पार्टी संसदीय दलको बैठकले मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो।
विवेकशील साझाका बागमती प्रदेशसभामा ३ जना सदस्य छन्। विवेकशीलले अघिल्लो पटक पनि राष्ट्रियसभाको निर्वाचनमा मतदान गरेको थिएन। पार्टीले ‘नो भोट’को व्यवस्था गर्न जरुरी रहेको बताउँदै आएको छ।
बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य बन्न ६ जना उम्मेदवार प्रतिष्पर्धामा छन्। सत्तारुढ गठबन्धनका २ जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट २ जना गरी आधा दर्जनले मनोनयन दर्ता गरेका छन्।