काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो उम्मेदवार नभएका प्रदेशमा मतदान नगर्ने भएको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको सभापतित्वमा मंगलबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले आफ्नो पार्टीको उम्मेदवार नभएका प्रदेशमा मतदान बहिष्कार गर्ने भएको हो।
तर, प्रदेश १ मा भने राप्रपाले दुई जना उम्मेदवार उठाएको छ। राप्रपाले राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश नं १ मा पार्टीका उम्मेदवार अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न आग्रह गरेको छ।
बैठकले अन्य प्रदेशमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदातालाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरेको हो।
राष्ट्रिय सभाको १९ पदका लागि बुधबार निर्वाचन हुँदै छ।