बुधबार, जेठ २०, २०८३

महोत्तरीको पिपरा गाउँपालिकामा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले महोत्तरीको पिपरा गाउँपालिकामा छापा मारेको छ।
 |  मंगलबार, माघ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ११, २०७८

जनकपुरधाम- अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले महोत्तरीको पिपरा गाउँपालिकामा छापा मारेको छ।

National life

गाउँपालिका कार्यालयविरुद्ध परेका विभिन्‍न ३२ वटा उजुरीको आधारमा अख्तियारको टोली अनुसन्धानका लागि मंगलबार त्यहाँ पुगेको हो।

जनप्रतिनिधि र कर्मचारीले विभिन्‍न योजनामा अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो। सोही उजुरीको आधारमा अख्तियारको टोलीले गाउँपालिकाले सञ्‍चालन गरेका शंकास्पद योजना तथा कार्यक्रमहरुको प्रमाणित कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रवक्ता मणिराम ज्ञवालीले जानकारी दिए।

उनले अख्तियारले आफ्नो मातहतका कामहरु गरिरहेको र सोही क्रममा उजुरीमाथि छानविन गर्न स्थलगत अध्ययनका लागि टोली त्यहाँ पुगेको जानकारी दिए।

पिपरा गाउँपालिकाले सञ्‍चालन गरेको विकासे योजना, कर्मचारी भर्ना आदिको विषयमा अख्तियारमा विभिन्न ३२ वटा उजुरी परेको बताइएको छ।

Shivam cement

प्रकाशित: Jan 25, 2022| 16:30 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।