आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इतिहासमा आज : भारत गणतान्त्रिक मुलुक, अस्ट्रेलियामा पहिलो युरोपियन सेटलमेन्ट

इतिहासमा आज : भारत गणतान्त्रिक मुलुक, अस्ट्रेलियामा पहिलो युरोपियन सेटलमेन्ट

आज सन् २०२२ जनवरी २६। हामीले यहाँ विश्‍व इतिहासमा भएका महत्वपूर्ण घटनाहरुलाई समेट्‍ने गरेका छौं।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

काठमाडौं- आज सन् २०२२ जनवरी २६। हामीले यहाँ विश्‍व इतिहासमा भएका महत्वपूर्ण घटनाहरुलाई समेट्‍ने गरेका छौं। 

भारतमा गणतन्त्र घोषणा

भारत सन् १९५० जनवरी २६ मा पूर्णरुपमा स्वतन्त्र भएको थियो। जनवरी २६ मा संयुक्त अधिराज्य बेलायतको उपनिवेशनमा रहेको भारतलाई गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो। 

अस्ट्रेलियामा पहिलो  युरोपियन सेटलमेन्ट 

सन् १७८८  जनवरी २६ मा आर्थर फिलिपले अस्ट्रेलियामा पहिलो सेटलमेन्ट गराएका थिए। अहिलेको सिड्नीमा आर्थरले बेलायतीहरुलाई लगेर पहिलो पटक स्थायी बसोबासको व्यवस्था गरेका थिए। 

भारतमा शक्तिशाली भूकम्प 

भारतमा सन् २००१ जनवरी २६ मा शक्तिशाली भूकम्प गएको थियो। भारतको गुजरातको बुज क्षेत्रमा केन्द्रबिन्द्र बनाएर गएको भूकम्पमा करिब २० हजार मानिसहरुको मृत्यु भएको थियो। 

अमेरिकामा संगठित अपराध गिरोहका नाइकेको मृत्यु 

सन् १९६२ जनवरी २६ मा अमेरिकाको संगठित अपराधिक गिरोहका नाइके, निकै शक्तिशाली व्ययक्ति लक्की लुसियानोको मृत्यु भएको थियो। सन् १९३० को दशकमा उनी अपराध जगतमा निकै सक्रिय थिए। उनलाई सन् १९४६ मा उनको जन्मथलो इटाली पठाइएको थियो। 

मिसिगन २६ औं राज्य घोषणा

अमेरिकाको मिसिगन राज्य २६ औं राज्य घोषणा भएको थियो। 


प्रकाशित: Jan 26, 2022| 05:30 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।