बुधबार, भदौ ३, २०८३

राष्ट्रियसभा निर्वाचन : राप्रपाले प्रदेश–१ मा मात्र मतदान गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भोलि बुधबार हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने भएको छ।
 |  मंगलबार, माघ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ११, २०७८

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भोलि बुधबार हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने भएको छ।

सोमबार बसेको पदाधिकारी बैठकले आफ्ना उम्मेदवार रहेको प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्न आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएको छ।

राप्रपाले प्रदेश १ मा अमरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ भने अरु प्रदेशमा उसका उम्मेदवार छैनन्। ‘‍‍‍‘अन्य प्रदेशहरुमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरुलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरियो,’ महामन्त्री भुवन पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: Jan 25, 2022| 13:35 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...