आइतबार, साउन ३१, २०८३

'भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति शून्य'

भ्रष्टाचार नियन्त्रणमा नेपाल असफल देखिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले बताएको छ। उसले आज मंगलबार सार्वजनिक गरेको सन् २०२१ को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल गत वर्षकै स्थानमा छ।
 |  मंगलबार, माघ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ११, २०७८

काठमाडौं– भ्रष्टाचार नियन्त्रणमा नेपाल असफल देखिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले बताएको छ। उसले आज मंगलबार सार्वजनिक गरेको सन् २०२१ को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल गत वर्षकै स्थानमा छ।

भ्रष्टाचार नियन्त्रणमा नेपाल १०० मा ३३ अंक पाएर ११७ औं स्थानमा छ। अघिल्लो वर्ष (सन् २०२०) मा पनि नेपाल सोही स्थानमा थियो। अघिल्लो र गत वर्ष पनि नेपाल सोही स्थानमा रहनुको अर्थ भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको ट्रान्सपरेन्सीको भनाइ छ।

दक्षिण एसियाली राष्ट्रमध्ये भुटान ६८ अंक प्राप्त गरी २५औं स्थानमा, मालदिभ्स ४० अंक प्राप्त गरी ८५ औं स्थानमा, भारत ४० अंक प्राप्त गरी ८५ औं स्थानमा, श्रीलंका ३७ अंक प्राप्त गरी १०२ औं स्थानमा छन्।

पाकिस्तान २८ अंक प्राप्त गरी १४० औं स्थानमा, बंगलादेश २६ अंक प्राप्त गरी १४७ औं स्थानमा र अफगानिस्तान १६ अंक प्राप्त गरी १७४ औं स्थानमा रहेका छन्। चीन ४५ अंक प्राप्त गरी ६६ औं स्थानमा छ। दक्षिण एसियाली मुलुकहरूमा भुटान, माल्दिभ्स, भारत र श्रीलंकाभन्दा पछि छ नेपाल।

संसारभरि नै भ्रष्टाचार घट्न नसकेको देखिएको छ। नागरिक हकअधिकार कमजोर भएका देशमा भ्रष्टाचार अझै बढ्ने, मानव अधिकार हनन् हुने, लोकतन्त्रको स्तर घट्ने र अधिनायकवाद बढ्ने भन्दै ट्रान्सपरेन्सीले चिन्ता व्यक्त गरेको छ।

यस वर्षको सूचकांकमा समावेश १८० देशमध्ये डेनमार्क, फिनल्यान्ड र न्यूजिल्यान्ड १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा दरिएका छन्। सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक भने दक्षिण सुडान हो, जसले १०० मा ११ अंक प्राप्त गरेको छ।

विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाहरूले गरेको विभिन्न सर्वेक्षणको आधारमा ट्रान्सपरेन्सी इन्टरनेशनलले यो सूची तयार गरेको हो। उसले यो सूची सन् १९९५ देखि प्रत्येक वर्ष सार्वजनिक गर्दै आएको छ। नेपाल भने सन् २००४ देखि सूचीमा समावेश हुँदै आएको छ। 

प्रकाशित: Jan 25, 2022| 12:05 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।